Logo
Logo

भारतबाट पाँच सय नेपाली भित्र्याइयो


वीरेन्द्र रावल


  • वीरेन्द्र रावल

धनगढी, ३ जेठ । भारतका विभिन्न स्थानबाट एक महिना १५ दिन पहिले नेपाल आउन हिँडेका नेपाली नागरिक नेपाल सरकारले प्रवेश नदिएका कारण एक महिनादेखि भारतको लखिमपुर जिल्लास्थित पलियाबजार क्षेत्रमा अलपत्र परेका थिए ।


एक महिना १५ दिनसम्म भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई शुक्रबार मात्रै पलियाबाट गौरीफन्टा नाका भएर धनगढीस्थित त्रिनगर भन्सारको बाटो भएर नेपाल प्रवेश गराइएको हो ।
लकडाउनका कारण भारतमा अलपत्र परेका पाँच सयको संख्यामा रहेका नेपाली नागरिकलाई धनगढीस्थित त्रिनगर नाकाबाट स्वदेश ल्याएर उनिहरुको र्यापिड टेष्ट गरिएको थियो ।
शुक्रबार भारतीय सीमावर्ती क्षेत्रको पलियामा क्वारेन्टाइनमा राखिएका उनीहरुलाई लामो समयपछि मात्रै सरकारले उद्धार गरिएको हो । एक महिना १५ दिनसम्म क्वारेन्टाइनमा बसेका बल्ल स्वदेश फर्केपछि खुशी भएका छन् ।
एक हप्ताअघि मुम्बइबाट सोझै भारतीय प्रहरीको सिफारिसमा गौरीफन्टा नाकामा आएका मोहन्याल गाउँपालिका वडा नम्बर–६ सोल्टाका ८ जना युवालाई पनि नेपाल प्रहरीले पलिया फिर्ता गरिदिएको थियो । आफूहरुले त धेरै दिन भारतीय क्वारेन्टाइमा बस्न नपरेपनि एक महिना १५ दिनजति क्वारेन्टाइनमा नेपाली साथीहरु बसेको आफूले पाएको बताउँछन्, मोहन्याल ६ का प्रसाद भुल ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिने भएको छ । प्रजिअ बोहराका अनुसार कैलाली घर भएकाहरुलाई शुक्रबारै स्थानीय तहमा पठाउनेछ भने अन्य जिल्लाका नेपालीहरुलाई धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ ।
कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले स्वदेश आउन अनुमति दिएका सबैको सीमा नाकामै ¥यापिड टेस्ट गरिएको बताए ।
उनले सीमापारी कैलाली, कञ्चनपुरसहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहटलगायतका जिल्लाका नागरिक रहेका छन् । त्यस्तै धनगढीमा रहेको त्रिनगर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका र विभिन्न स्थानका ७० जनाको संख्यामा रहेका भारतीय नागरिकलाई पनि शुक्रबार भारत पठाइएको छ ।
दुई महिनादेखि नेपालमा पेन्टिङ काम गरेर बस्दै आएका भारत पलियाका नदिम अलीले दुई महिना पछि घर जान पाइएकोमा खुशी व्यक्त गरेका छन् । काम पनि नभएर रासनपानी सबै सकिएको अवस्थामा आफुहरुलाई नेपाल सरकारले भारतीय सीमा नाकासम्म पु¥याउने व्यवस्था मिलाइ दिएको भन्दै नदिमले सरकारलाई आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्