Logo
Logo

आजै थपिए नौ संक्रमित, नेपालमा संक्रमितको संख्या २७६


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । शनिबार पुन थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको अध्यावधिक विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २७६ पुगेको छ ।
नयाँ पुष्टि भएका संक्रमितमा कपिलवस्तु, शिवराज नपा चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका रहेको बताइएको छ । यसअघि आजै बिहान मन्त्रालयले १० बजे जारी गरेको सूचनामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । आज मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्