Logo
Logo

सर्लाहीमा मानसिक रोगका बिरामीलाई कोरोना


- दृष्टि न्युज/संवाददाता


सर्लाही, ३ जेठ । सर्लाहीमा अर्की एक युवतीमा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । आज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार सर्लाहीको दक्षीणी क्षेत्रस्थित रामनगर गाउँपालिका–४ कि १८ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
योसँगै सर्लाहीमा कोरोना भाइरस पोजेटिभका बिरामी ३ जना पुगेका छन् । यसअघि धनकौल गाउँपालिकाका १४ वर्षीय किशोर र हरिपुर्वा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस देखिई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्