Logo
Logo

धुलिखेलमा मृत्यु भएकी महिलाको परीक्षण भइरहेको छः प्रवक्ता देवकोटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
धुलिखेलमा मृत्यु भएकी महिलाको बारेमा कोरोना संक्रमण पुष्टि भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाकै कारण मृत्यु भएको हो होइन भन्ने बारे परीक्षण भइएको नियमित पत्रकार सम्मेलनमा बताए ।


उनी गत २३ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकको बाह्रबिसे गएकोमा दुई दिनअघि सिकिस्त भएकी थिइन् । धुलिखेल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
उनलाई ज्वरो तथा स्वासप्रश्वासमा समस्याको लक्षण देखिएको र प्रारम्भिक परीक्षणमा कोरोना नै देखिएको धुलिखेल अस्पतालले जनाएको छ ।
उता काभ्रेमा शनिबार २५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै महोत्तरीमा पनि एक जना थपिएका छन् । जसअनुसार संक्रमितको संख्या दुई सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्