Logo
Logo

मृत्यु भएकी सुत्केरी महिलाको कोरोना पोजेटिभ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको हो । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएकी थिइन् । तर, उनको स्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो ।
उनको बिहीबार राति मृत्यु भएको हो । उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो । पीसीआर पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । ती महिलाको पीसीआर रिपोर्टबारे थप जानकारी भने भोली मात्र आउने मन्त्रालयले शनिबार नियमित प्रेस सम्मेलनमा जनाएको छ । नेपालमा कोरोना संक्रमित २७६ जनामध्ये ३६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्