Logo
Logo

आज लकडाउन लम्बाउने तयारी, जेठभरी हुने सम्भावना


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ४ जेठ ।
सरकारले लकडाउने लम्बाउने भएको छ । लकडाउन लम्बाउन आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।


आइतबारदेखि लकडाउनको अवधि सकिन लागेकाले थप्न लागिएको हो । पछिल्लो दुई हप्तामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार एक संक्रमितको मृत्यु समेत भएको छ ।

जसकारण जेठभरी लकडाउन हुने सम्भावना रहेको एक मन्त्रीले बताए ।
नेपालमा ९ चैतदेखि सीमा बन्द र ११ चैतदेखि लकडाउन गरिएको हो । तर, सीमाबाट लुकेर छिर्नेहरुका कारण नेपालमा संक्रमण बढेको छ ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा मोडालिटी हेरफेरबारे छलफल भएपनि संक्रमितको संख्या बढेको र परीक्षण बढ्न नसकेकाले तत्काल खुकुलो हुने सम्भावना नरहेको समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्