Logo
Logo

कपन बस्ने युवतीमा कोरोना पुष्टि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ जेठ ।
कपन बस्ने एक युवतीमा कोरोना पुष्टि भएको हो । बुढानिलकण्ठ नगरपालिका १२ तेन्जिङचोक नजिकै बस्ने ती युवती केहीदिनअघि सर्लाहीबाट आएकी थिइन् ।


उनलाई संक्रमण भएको दुई दिनअघि नै पुष्टि भएको थियो । सर्लाहीको ठेगाना राखेर विवरण सार्वजनिक गरिएपनि उनी कपन बस्ने गरेको खुलेको छ । लकडाउनकै बेला लुकिछिपी उनी सर्लाहीबाट आएकी थिइन् । लक्षण देखिएर नभई तराईबाट आएकाले स्थानीयले परीक्षणको माग गरेका थिए । सोही अनुसार परीक्षण गर्दा संक्रमण देखिएको हो । उनलाई अस्पताल भर्ना गरिसकिएको छ ।
कपन बस्ने युवतीलाई कोरोना संक्रमण पुष्टि भएको बताउँदै बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले युवतीले भेटघाट गरेका व्यक्तिहरुको खोजी सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्