Logo
Logo

कोरोनाबाट नेपालमा दोस्रो बिरामीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ जेठ ।
कोरोनाबाट नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।


गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएपनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो ।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै संकलन गरिएको थियो । दिउँसो आएको रिपोर्ट पोजेटिभ आएको हो ।

पहिलो चरणमा संक्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र संक्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब संकलन गरिँदैछ । यसक्रममा आवश्यकताका आधारमा थप आशंकितको पनि स्वाब संकलन गर्न सकिने छ । भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्नगराउन गाउँपालिकावासीलाई आग्रहसमेत गरेका छन् ।

बाँकेमा युवकको मृत्युसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । बिहीबार सिन्धुपाल्चोककी महिलाको धुलिखेलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्