Logo
Logo

नेपालमा थप नौ जनामा कोरोना, संक्रमिताको संख्या ३०४


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ जेठ । सोमबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जारी गरेको विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ । अधिकारीका अनुसार रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् । त्यस्तै बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । नेपलमा अहिलेसम्म ३६ जना निको भइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्