Logo
Logo

टेकुका चिकित्सकलाई पनि कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ जेठ ।
नेपालमा पहिलोपटक एक चिकित्समा कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभाग अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का एक चिकित्सकमा देखिएको हो ।

ती चिकित्सको ठेगना ललितपुर राखेर स्वास्थ्य मन्त्रालयले मंगलबार विवरण सार्वजनिक गरेको छ ।
महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको हो । उनका संक्रमण देखिएपछि महाशाखाका अन्यको पनि परीक्षण गर्न लागिएको हो ।
नर्सहरुमा यसअघि नै संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्