Logo
Logo

काठमाडौंका संक्रमित बिरामी सिनामंगल र बागबजारका


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौैं, ६ जेठ ।
कोरोना परीक्षणको मंगलबारको नजितामा काठमाडौं उपत्यकाका पाँच जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये एक जना सिनामंगल तथा अर्का बागबजार बस्ने खुलेको छ ।


काठमाडौं–९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले एक संक्रमित सिनामंगलको कालिमाटी डोलका निवासी भएको बताए ।

‘उनी रौतहटबाट काठमाडौं आएका हुन्। मजदूरी काम गर्दा रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने,‘लकडाउनपछि वैशाख १५ १६ गतेतिर रौतहट गएको र २६ गते छोरी लिएर काठमाडौं फर्केका रहेछन्।’

त्यस्तै अर्का संक्रमित बागबजारस्थित एक प्रेसका मजदुर भएको र उनको सम्पर्कमा भएका व्यक्तिहरुको पनि खोजी सुरु भएको छ ।
अर्का एक संक्रमित व्यक्ति भने इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका चिकित्सक भएको खुलेको छ । गोकर्णेश्वर बस्ने व्यक्तिमा पनि मंगलबार नै संक्रमण पुष्टि भएको छ ।

लकडाउनको समयमा तराईबाट ठूलो संख्यामा उपत्यकाका सर्वसाधरण छिरेकाले उनीहरुबाटै संक्रमण बढेको छ । त्यसरी भित्रिएकाहरुले रेकर्ड नहुँदा धेरैको परीक्षण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्