Logo
Logo

हवाइ उडान जेठ मसान्तसम्म बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ जेठ । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्