Logo
Logo

थप १७ जनामा कोरोना, संक्रमितको संख्या ४४४


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ जेठ । बिहीबार १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज बिहीबार बिहान विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।
यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्