Logo
Logo

नेपाल अपडेट : शुक्रबार थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढिरहेको छ । शुक्रबा आज नयाँ ३० जनामासंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । तीमध्ये ४९ जना निको भइसकेका छन् भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।
यस्तै, कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका(७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाथ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्