Logo
Logo

लकडाउनको बेला सिडिओको सरुवा, एसपीको पनि सरुवा तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ ।

लकडाउनको बेला गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरिएको हो । रसुवाको प्रजिअमा गृह मन्त्रालयका हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ । त्यस्तै बाजुरामा कृष्ण गैरे तथा बैतडीमा मोहन जोशीलाई सरुवा गरिएको छ।


रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भउको छ र बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । एक वर्षको अवधि पुगेकाले ती जिल्लाका सिडिओको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सिडिओपछि विभिन्न जिल्लाका एसपीहरुको पनि सरुवाको तयारी भइरहेको छ । मोरङ, कास्की, बाँके, कपिलवस्तु लगायत जिल्लाका एसपीको सरुवा गर्न लागिएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयले डिएसपीको पनि पदस्थापन र सरुवा गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्