Logo
Logo

नयाँ नक्साबारे संविधान संशोधन विधेयक संसदमा ल्याइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ । सरकारले नेपालको नयाँ नक्सा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले सो निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले जेठ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा(राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्