Logo
Logo

लकडाउनमा होटलमा बसेर जुवा खेलिरहेका दुई लाख रुपैयाँसहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


जनकपुर,९ जेठ ।
लकडाउनको समयमा होटलमा बसेर जुवा खेलिरहेका पाँच जना पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका ९ पिडारी चोकस्थित जानकी वाटीका गेष्ट हाउसमा बसेर जुवा खेल्नेहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा किशोरी शाह, बिल्टु बरही, मोसतकिङ राईन, जसिन कवाडी र रमेश साहु छन् । उनीहरुबाट तीन बुक तास र दुई लाख सात हजार पाँच सय ८५ रुपैयाँ बरामद भएको धनुषाका एसपी रमेश बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्