Logo
Logo

शुक्रबार ५९ जनामा संक्रमण पुष्टि, ५१६ पुग्यो संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ । कोभिड– १९ को संक्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण देखिएको बताए ।
नयाँ संक्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।
योसँगै आज मात्रै संक्रमित हुनेको संख्या ५९ पुगेको छ । यसअघि बिहान ३० जना र दिउँसो २० जनामा संक्रमण देखिएको थियो । नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेका उनले जानकारी दिए । अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्