Logo
Logo

कर्मचारीको तलब नबढ्ने, सुविधा बढाउन माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० जेठ ।
यो वर्षको बजेटमा कर्मचारीको तलब बृद्धि नहुने पक्काभएको छ । केही सुविधाहरु भने बृद्धि गर्न कर्मचारीले माग गरेका छन् ।
हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुँने प्रावधान रहेकोमा गत वर्षको बजेटमा तलब बढेकाले यो वर्ष बृद्धि नहुने भएको हो । अर्काेतर्फ कोरोना संक्रमणबाट अर्थतन्त्र प्रभावित हुने भएकाले तलब बृद्धि गर्न सक्ने अवस्थामा सरकार नभएको अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् ।


कर्मचारी संगठनहरुले तलब नबढेपछि महंगी भत्ता लगायत अन्य सुविधा बढाउन माग गरेका छन् । ‘यो वर्ष हामीले तलब बृद्धिको माग गरेका छैनौं,’ निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल भन्छन्,‘सबै कर्मचारीको स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’ साथै घर बिदातर्फ सञ्चित बिदाको सुविधा हरेक वर्ष प्रदान गर्न कर्मचारी संगठनले माग गरेको छ । हाल अवकाशपछि एक सय ८० दिनको घर बिदा सञ्चित बराबरको तलब दिने प्रावधान छ ।
त्यस्तै महंगी भत्ता बढाउनुपर्ने तथा आन्तरिक पर्यटक प्रबद्र्धनका लागि एक महिनाको तलब बराबरको रकम दिनुपर्ने उनीहरुको माग गरेका छन् ।
सरकारले आगामी बिहीबार यो वर्षको बजेट ल्याउँदैछ ।

प्रतिक्रिया दिनुहोस्