काठमाडौं, ११ जेठ । आइतबार आज थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ ।
आइतबार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।











