Logo
Logo

सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ११ जेठ । बुढीनन्दा नगरपालिकाले सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनमा परेका सुनौला हजार दिनका आमालाई पोषण झोला दिने कार्यक्रम संचालन गरेको बुढिनन्दा नगरपालिकाकी उप प्रमुख श्रृष्टी रेग्मीले बताएकी छन् ।
सुनौलो हजार दिनका आमालाई पोषण झोला बितरण कार्यक्रम नगरपालिकाको वडा न २ बाट सुरुवात गरिएको हो । वडामा रहेका १ सय १४ जना सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण गरिसकेको उपप्रमुख रेग्मीले जानकारी दिएकी छन् । नगरपालिका भरी १ हजार २ सय १४ जना सुनौला हजार दिनका आमाहरु रहको तथ्याकं रहेको उपप्रमुख रेग्मीले बताईन् । नगरपालिकाको सहयोगमा पोषण झोलामा दाल, चामल, नुन, तरकारीको बीउ र १ के्रड अण्डा दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा १ हजार २ सय ३६ जना सुनौला हजार दिनका महिलाहरु रहेको र केही दिनमै सबै वडामा रहेको सुनौला हजार दिनका आमाहरुलाई पोषण झोला बितरण गरिने भएको छ । लकडाउनका कारण पोषणमा कमि नआवस भनेर नगरपालिकाले पोषण झोला दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्