
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राहरुको मूल्य बढेको छ । युरो, पाउन्डसहित केही विदेशी मुद्राको भने भाउ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा थियो ।
त्यसैगरी आज यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९९ पैसा कायम भएको छ । हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा थियो ।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ ।
त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ १६ पैसा कायम भएको छ । यसअघि हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा थियो ।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा ताकिएको छ ।
विदेशी मुद्राको सूची:












