Logo
Logo

लकडाउनमा भारतबाट ७५ हजार भित्रिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ बैशाख ।
चैतको सुरुवातदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमा नाका र अन्तर्राष्ट्रिय उडानको लागि सरकारलाई दबाब परेको थियो । तर, सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । ९ चैतमा बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको दुई दिनपछि लकडाउन कार्यान्वायन गरियो ।


समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन तर खुला सीमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तिव्र गतिमा फैलदै गएको छ । नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएकाहरु छन् । कतिपय लकडाउन अघि नै आएका थिए भने धेरै जसो संक्रमित लकडाउनपछि भित्रिएकाहरु छन् ।

सीमा बन्द भएयता भारतबाट करिब ७५ हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्राइएको छ । उनीहरुको परीक्षण समेत नगरी घर जान दिइएको छ ।

लुकिछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ । जसले ठूलो जोखिम देखाउँछ । लुकिछिपी आउने क्रममा पक्राउ परेकाहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको छ । यसरी लुकिछिपी छिरेको ठूलो संख्या राज्यसंयन्त्रको सम्पर्कमा छैन । उनीहरुबाट संक्रमण फैलने जोखिम छ । भारतबाट आएकाहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेमात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । तर, दुई महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउने लगायत तयारी पुरा गर्न नसक्दा भारतबाठ पछिल्लो हप्ता छिरेकाहरुबाट खासगरी प्रदेश सुदुरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ । पछिल्लो समय स्थानीय तहले नै सीमासम्म गाडी पठाएर भारतबाट फर्किएका नेपालीलाई ल्याइरहेका छन् । उनीहरुको परीक्षण भएको छैन । सोमबार सरकारले फर्कन चाहने सबैलाई ल्याउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्