Logo
Logo

गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ बैशाख ।
गुल्मीको धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेललाई नै कोरोना संक्रमण भएको छ । उनले आफुलाई संक्रमण भएको भनेर पहिचान सार्वजनिक गरेका छन् ।


उनमा संक्रमण देखिएपछि गुल्मीका सिडिओ तथा प्रहरीको समेत परीक्षण गर्न लागिएको छ । कहाँबाट संक्रमित भएको बारे आफु अन्योलमा रहेको पोख्रेलले बताए । हिमालय टेलिभिजनसँग कुराकानीमा उनले भारतबाट आएका व्यक्तिबाट गाउँमा कोरोना संक्रमण फैलिएको र आफुलाई उनीहरुबाटै सरेको हुनसक्ने बताएका छन् ।
गुल्मीका एक शिक्षकको कोरोनाबाट मृत्यु भइसकेको छ । भारतबाट ठूलो संख्यामा फर्किएकाले संक्रमण गाउँमा फैलिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्