Logo
Logo

थप ९० जना संक्रमित, १५५ ले जिते कोरोना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ जेठ । नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना संक्रमण भएको पुष्टि जानकारी गराएका हुन । योसहित नेपालमा संक्रमित संख्या ७७२ पुगेको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यतिका संख्यामा कोरोना पोजेटिभ देखिएको हो । केही दिनयता नेपालमा संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । तर, एकैदिन ९० जनाका संक्रमण पुष्टि भएको यो पहिलो हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा महोत्तरीका २, जुम्ला स्थायी ठेगाना भएका हाल बारा बस्ने २ दुईजना पुरुष, अर्का बाराका ३ जना, रौतहटका २२ जना एक महिलागरी, सिराहका ५, धनुषाका १ जना गरी कुल ३५ जना रहेका छन् ।
यस्तै, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगंजका एक जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको छ भने भने मंगलबार नै रुपन्देहीको प्रयोगशालमा परीक्षण गराएका ७ जनाको परीक्षण पोजिटिभ आएको हो । उनीहरु कपिवस्तु मायादेवीका २ र अर्घाखाँचीका २, गुल्मीका २ र रुपन्देही लुम्बिनी अस्पतालका १ जना गरी जम्मा ७ जनामा पोजिटिभ आएको हो ।
यस्तै, सेती प्रादेशिक अस्पतालमा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ। उनीहरु कैलालीका १ र अछामका १जना रहेका छन् । भने पोखराको परीक्षणमा स्याङ्जाका २ जनामा पोजिटिभ आएको छ । यस्तै, मंगलबार नै सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ आएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ८ जना, भेरीगंगाका २ जना र सिम्ताका २ जना गरी १२ जनामा कोरोना पोजिटिभ आएको हो ।
नेपालगन्जमै ७ जनामा कोरोना पोजिटिभ देखिएको छ । सबै बाँके डुडुवाका ४ जना, राप्ती सोनारीका २ र बैजनाथका १ जना गरी ७ जना संक्रमित पहिचान भएको छ । यस्तै, दाङमा मंगलबार नयाँ संक्रमित थपिएका छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा थप पोजिटिभ पहिचान भएको छ । अहिलेसम्म नेपालमा ४६ जिल्लामा संक्रमित देखिएको छ ।
नेपालमा हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ भने पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन् ।
पछिल्लो केही दियता सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश १ मा ११ हजार ६६, प्रदेश २ मा ६ हजार ५६१ बागमती प्रदेशमा २४ हजार २१६, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश ५ मा १६ हजार ८८०, कर्णाली प्रदेशमा १० हजार ६१८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९२५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडीटीबाट परीक्षण भएका छन् ।
यस्तै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५५ पुगेको छ, जसमध्ये प्रदेश १ मा २६ प्रदेश २ मा ७६ बागमती प्रदेशमा ११ गण्डकी प्रदेशमा २ प्रदेश ५ मा ३५ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल १५५ जना डिस्चार्ज भएका छन्। निको हुनेमा १२४ पुरुष र ३१ महिला छन् । अहिलेसम्म नेपालमा कोरोनाबाटे ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्