Logo
Logo

एकैदिन सय भन्दा धेरैमा कोरोना संक्रमण, आगामी दिनमा अझै बढ्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ जेठ ।
नेपालमा मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो।

यसअघि एकैदिन सर्वा्धिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। आज १०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ। एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ। गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो।
नयाँ संक्रमितहरु धेरै जसो भारतबाट फर्किएकाहरु छन् । पछिल्लो एक सातामा भारतबाट ५० हजार भन्दा धेरै फर्किएकाले संक्रमितको संख्या अझै बढ्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्