Logo
Logo

ललितपुरमा कोरोनाबाट एक व्यक्तिको मृत्यु,


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौैं, १४ जेठ ।
कोरोना भाइरस संक्रमणबाट एक व्यक्तिको ललितपुरमा मृत्यु भएको छ ।

ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्यान गएको हो। उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको घर ललितपुरको बुङमती हो । उनी लिभरका बिरामी थिए ।

मृतकलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।
योसँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्