Logo
Logo

उग्र स्वभावले स्वास्थ्य मन्त्रालयबाट हटाइए कोइराला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादब कोइराला तीन महिनामै हटाइएका छन् । उग्र कार्यशैली र मन्त्रालयभित्रै असन्तुष्टि बढेपछि उनको सरुवा गरिएको हो ।

कोरोना संक्रमितको उपचारमा संलग्न डा. शेरबहादुर पुनलाई कारबाही गर्न खोजेपछि उनी विवादमा तानिएका थिए । पछि एक अन्र्तवार्तामा चिकित्सकहरुलाई अपमान गरेर बोलेको भन्दै विरोध भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग समेत उनको विवाद भएको थियो ।

स्वास्थ्य मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्याललाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्