Logo
Logo

बजेटको आकार घट्यो, १४ खर्ब ७४ अर्ब विनियोजन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
सरकारले बजेटको आकार घटाएको छ । आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याइएको छ ।
गत वर्ष १५ र्ख ३२ अर्बको बजेट ल्याइएको थियो । यो वर्ष स्रोत खुम्चिएपछि बजेट घटेको हो ।


अर्थमन्त्री डा युवराज खतिवडाले चालू खर्चतर्फ ९ खर्ब ४८ अर्ब तथा पूँजीगत खर्चतर्फ तीन खर्ब ५२ अर्ब विनियोजन गरिएको छ ।
त्यस्तै सरकारले ७ प्रतिशत आर्थिक बृद्धि हुने आँकलन गरेको छ । कोरोनाले गर्दा प्रभावित हुने विभिन्न व्यवसायलाई कर छुट तथा ब्याज छुटको राहत ल्याइएको छ ।

कर्मचारीका सबै भत्ता खारेज, नयाँ दरबन्दीमा भर्ना रोक्का

निजामती कर्मचारीका लागि सबै भत्ता खारेज भएको छ । बजेटमार्फत सरकारले प्रोत्साहनदेखि जोखिमभत्ता खारेज गरेको हो ।
तर, कोरोना नियन्त्रण तथा उपचारमा फ्रन्टलाइनमा खटिएकाले भने भत्ता पाउने भएका छन् । त्यस्तै नयाँ दरबन्दीमा भर्ना पनि रोक्का राख्ने निर्णय भएको छ । परीक्षा प्रक्रिया अघि बढीसकेको भर्ना भने नरोकिने भएको छ ।

सुरक्षाकर्मीको पोशाक स्वदेशमै उत्पादन गरिने

सरकारले सुरक्षाकर्मीले प्रयोग गर्ने जुत्ता तथा पोशाक स्वदेशमे उत्पादन गर्ने भएको छ । सरकारले बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
नेपालमा सुरक्षाकर्मीले प्रयोग गर्ने पोशाक विदेशबाट आयात हुने गरेको छ । हेटौंडास्थित कपडा उद्योगमा उत्पादन गर्ने प्रयास विगतमा भएपनि सफल हुन सकेको छैन ।

पर्यटन व्यवसायीले बैंक ब्याजमा पाँच प्रतिशत छुट पाउने

कोराना संक्रमणबाट अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले ब्याजमा पाँच प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । बजेटमार्फत सरकारले राहतको यस्तो कार्यक्रम ल्याएको हो ।
त्यसका लागि ५० अर्बको कोष स्थापना गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात सुविधा दोब्बर

सरकारले महिला स्वयम्सेविकाको यातायात सुविधा दोब्बर बनाउको छ । देशभरीका महिला स्वास्थ्य स्वयम्सेविकालाई थप प्रोत्साहित गर्न यातायात सुविधा बृद्धि गरिएको बजेटमार्फत अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
स्वास्थ्य स्वय्सेविकाहरु करारमा खटिएका छन् । उनीहरुलाई थोरै मात्र मात्र तलब हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्