बालाजुमा दुर्घटना, दुई युवकको मृत्यु


Published On : 29 May, 2020

काठमाडौं । काठमाडौंको बालाजु मित्रनगरमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई युवकको मृत्यु भएको हो । ट्रक र स्कुटर ठोक्किँदा गएराति दुर्घटना भएको हो ।

गोंगबुबाट बालाजुतर्फ जाँदै गरेको बा.२क ५४८५ नम्बरको मिनी ट्रकसँग ना.६५प २८०१ नम्बरको स्कुटर ठोक्किँदा दुईजनाको ज्यान गएको हो । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको छ । मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्