Logo
Logo

बजेटः कति कमाउने कति कर तिर्नुपर्छ ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
बिहीबार ल्याइएको बजेटमा व्यवसायीलाई राहतदेखि कर छुटसम्मका कार्यक्रम ल्याइएका छन् । तर, मध्यमवर्गिय जागिरेलाई भने कुनै नयाँ कुरा छैन ।


कोरोना संक्रमणपछि परेको असरबाट उनीहरु समेत प्रभावित हुने भएपनि कुनै छुट दिइएको छैन । कतिसम्म भने हरेक वर्ष बढ्दै आएको व्यक्तिगत आयकरको सीमा समेत यसपटक पुरानै कायम राखिएको छ । जसअनुसार गत वर्षकै प्रावधानअनुसार साउन १ गतेदेखि कर तिर्नुपर्छ । यद्यपी आर्थिक बिधेयकमार्फत यसलाई थप प्रष्ट पारिने अर्थ मन्त्रालयले जनाएको छ  ।

कसले कति तिुर्नपर्छ ?

अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकरः

४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँसम्म

४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँसम्म

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँसम्म

७ लाखदेखि २० लाख रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप ३ लाख ९० हजार गरी ४ लाख ४४ हजार रुपैयाँसम्म

२० लाखभन्दा बढी आम्दानीको हकमा भने ७ लाखदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख आम्दानी हुनेले ४ लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।

विवाहितका हकमा

४ लाख ५० हजार रुपैयाँसम्ममा १ प्रतिशतका दरले ४ हजार ५ सय रुपैयाँसम्म

४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार ५ सय रुपैयाँसम्म

५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार ५ सय रुपैयाँसम्म

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले ३ लाख ७५ हजारसमेत गरी ४ लाख २९ हजार ५ सय रुपैयाँसम्म

२० लाखभन्दा बढीको आम्दानीमा भने ७ लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले ४ लाख ६५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्