Logo
Logo

आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक


नन्दा थापा


  • नन्दा थापा

बाजुरा, १६ जेठ । जिल्ला समन्वय समितिमा निर्माण गरिएको आइसोलेसन कक्षमा राखिएका बच्चाको अबस्था चिन्ताजनक रहेको छ ।


उपचारमा खटिएका जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बच्चाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनको अबस्था जटिल बनेपछि अक्सिजन दिएर उपचार भइरहेको डा. विश्वकर्माले बताए । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या देखिएको भन्दै डा. विश्वकर्माले बच्चाको उपचार त गरिरहेका छौँ, तर अबस्था भने निकै चिन्ताजनक रहेको छ भने । ६ दिन अगाडी उनको परिवार भारत बाट गाउँ आएका थिए । भारत बाट आएर उनको परिवारलाई बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो, त्यहाँ बच्चा बिरामी भएपछि, बिहीबार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको हो ।
बच्चा सँग आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । बच्चा भारत बाट आउँदै बाटोमा बिरामी भएको आफन्तले जनाएका छन् । धुरालशैन क्वारेनटाइनमा उपचार गर्यौ सञ्चो नभएपछि रिफर गरिएको एक स्वास्थ्यकर्मीले भने । बिरामी बच्चा र आमा बुवाको स्वाब संकलन गरेर धनगढि प्रयोगशालमा पठाउने तयारी रहेको जिल्ला अस्पतालका प्रमुख डा. बिश्वकर्माले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्