Logo
Logo

रौतहटमा शुक्रबार ५६ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमित १८१ पुग्यो


- दृष्टि न्युज/संवाददाता


रौतहट, १६ जेठ । रौतहटमा शुक्रबार एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरेका छन् ।
प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ । संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्