Logo
Logo

शुक्रबार कोरोना संक्रमितको संख्या १७० थपियो, थप एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
पछिल्लो २४ घन्टामा एक सय ७० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैजसो क्वारेन्टाइनमा बस्नेहरु छन् । नयाँ संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।


डिस्चार्ज हुनेको संख्या दुई सय ६ पुगेको छ ।

त्यस्तै मृत्यु हुनेको संख्या ६ पुगेको छ । अर्घाखाँचीका एक व्यक्ति भारतबाट आउने क्रममा जेठ १० गते सीमामै मृत्यु भएकोमा परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्