Logo
Logo

सेनाका जर्नेललाई ५८ लाख जरिवाना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
नेपाली सेनाले भ्रष्टाचारविरुद्धको आन्तरिक कारबाहीलाई तिव्रता दिएको छ । नेपाली सेनाका अवकासप्राप्त प्राविधिक उपरथी सुधिर श्रेष्ठलाई सैनिक अदालतले दोषी ठहर गर्दै ५८ लाख ५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको छ।

हवाई महानिर्देशनालयमा महानिर्देशक रहदा श्रेष्ठले अवकाश पाएका हुन् । छानबिन सुरु भएपछि उनले राजिनामा दिएका थिए ।
यसअघि जेठ ६ गते सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको आर्थिक अनियमितताको आरोपमा एक कर्नेललाई सेनाबाट बर्खास्त र दुई महिना जेल सजाय सुनाएको थियो।
त्यस्तै पाँचखालस्थित तालिम केन्द्रमा अनियमिततामा गरेको आरोपमा जर्नेल र कर्णेललाई ब्यारेकभित्रै थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्