Logo
Logo

कालिमाटी वृत्तका संक्रमित प्रहरी डिस्चार्ज, अन्यमा देखिएन संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । वृत्तमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो ।


२ सय ३१ जनाको परीक्षण गरिएकोमा २ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले बताए । नौ जनाको रिपोर्ट शनिबार आउने छ ।
उता वृत्तका संक्रमित प्रहरी समेत बलम्बुस्थित अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन् ।
नेपालल प्रहरीका हालसम्म २० जना कर्मचारीमा संक्रमण देखिएको छ । त्यस्तै तीन सैनिक र चार सशस्त्र प्रहरीमा पनि संक्रमण देखिएकोमा उपरथीसहित दुई सैनिक पनि शुक्रबार डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्