Logo
Logo

कार्यकक्षमै ढलेका लुभु प्रभागका प्रहरी इन्चार्जको मृत्यु


- दृष्टि न्युज/संवाददाता


ललितपुर, १७ जेठ ।

कार्यकक्षमै ढलेका महानगरीय प्रहरी प्रभाग लुभुका इञ्चार्ज सई टेकबहादुर माझीको मृत्यु भएको छ । हिजो अपरान्ह कार्यकक्षमै ढलेर रगत वान्ता गरेका उनलाई अल्का अस्पताल लगिएको थियो । उनको शनिबार बिहान मृत्यु भएको ललितपुर परिसरले जनाएको छ ।


उनको टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको रातिनै शल्यक्रिया गरिएको थियो । माझी दुई महिना अघि मात्र लुभुमा इञ्चार्जका रुपमा पठाइएका थिए ।

प्रतिक्रिया दिनुहोस्