Logo
Logo

नेकपा सचिवालय बैठक, एमसीसीका बारेमा भएन सहमति, बजेट फेल गराउने झलनाथको चेतावनी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ जेठ ।
नेकपाको पार्टी सचिवालयको अनौपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे छलफल भए पनि सहमति जुटेन ।


बजेटमा अनुसूचिमा रहेको बजेटको स्रोतमा एमसीसी उल्लेख गरेपछि सचिवालय बैठक बसेको हो । बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पारेका थिए ।
हाल एमसीएले गरिरहेका कामहरूको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने प्रधानमन्त्रीको भनाई थियो ।
बैठकमा नेता झलनाथ खनालले सो स्रोतमा एमसिसी नहटाएर बजेट नै पास हुन नदिने चेतावनी दिएका थिए।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा, उर्जा मन्त्री वर्षमान पुन र नेता भिम रावल समेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्