Logo
Logo

किष्ट अस्पतालमा सुत्केरी भएकी युवतीलाई कोरोना, अस्पतालमा त्रास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ जेठ ।
किष्ट अस्पतालमा सुत्केरी भएकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सुत्केरीलाई बिहीबार नै डिस्चार्ज गरिएको थियो ।
रिपोर्ट नै नआई डिस्चार्ज गरिएकाले उनीबाट धेरैलाई संक्रमण सरेको आशंका गरिएको छ । साथै अस्पतालमा पनि चिकित्सक र नर्सहरु त्रसित भएका छन् ।


ती किशोरीको १२ गते सिजरीङ डेलिभरी भएको थियो । अस्पतालले सतर्कता नअपनाउँदा अन्यमा सरेको आशंका गरिएको छ । संक्रमित युवती ललितपुरको सुनाकोठी निवासी हुन् ।

अस्पतालका झन्डै ५० जना चिकित्सक, नर्सलाई क्वारेन्टाइनमा राख्न लागिएको छ । चार दिनअघि पनि किष्टमा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्