Logo
Logo

भारतमा २६ गतेदेखि लकडाउन खुकुलो, रेस्टुरेन्ट, होटल र मल खुल्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ जेठ ।
कोरोना संक्रमण तिव्र भइरहेकै बेला भारतले लकडाउन खुकलो बनाउने निर्णय गरेको छ । तीन चरणमा गरेर भारतले लकडाउन खोल्ने निर्णय गरेको हो ।

 

पहिलो चरणमा ८ जुन देखि होटल, रेस्टुरेन्ट तथा सपिङ मल खोल्ने निर्णय गरेको छ । त्यस्तै मन्दिर, मस्जिद तथा चर्चहरु पनि खुल्नेछ । तर, स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पालना गर्नुपर्ने छ ।
त्यस्तै दोस्रो चरणमा स्कुल तथा कलेज खुल्ने छन् । त्यसको मिति तय गरिएको छैन । तेस्रो चरणमा सार्वजनिक यातायात, फिल्म हल लगायत सुचारु गर्न लागिएको छ ।
भारतमा दैनिक ८ हजारको संख्यामा कोरोना संक्रमण बढीरहेको छ । संक्रमण अझै केही समय बढ्ने देखिएको छ । केही महिना अझै नियन्त्रण नहुने र त्यो बेलासम्म पूर्ण लकडाउन गर्दा भोकमरीले नै धेरै मर्ने अवस्था आउने भएपछि खुुकलो गर्न लागिएको हो ।
नेपालमा पनि २० जेठपछि थप केही व्यवसायहरु खोल्न दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्