Logo
Logo

संविधान संशोधन प्रस्ताव संसदमा पेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ जेठ ।
संविधानमाथि संशोधन प्रस्ताव संसदमा पेश भएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन्।


संविधान संशोधन प्रस्तावमाथि सांसदहरुबाट विरोधको सूचना प्राप्त नभएकाले सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव संसदमा पेश गर्न समय दिएका थिए।
नेपालको नक्सा संशोधन भएपछि त्यहीअनुसार संविधान पनि संशोधन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्