Logo
Logo

नेपालमा साइलेन्ट कोरोना ? संक्रमितमा किन लक्षण देखिएको छैन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ जेठ ।
नेपालका कोरोना साइलेन्स किलर बन्न थालेको छ । नेपालमा मृत्यु भएकामध्ये धेरै जसोमा लक्षण नै देखिएको छ । संक्रमितहरुको एक्कासी मृत्यु हुने गरेको छ । जसकारण धेरैको मृत्युपछि मात्र पुष्टि भएको छ ।


बाजुरामा एक दुई वर्षिया बालिकाको पनि कोरोनाबाटै मृत्यु भएको पुष्टि भएको छ । उनी क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनमा पनि पहिलो ज्वरो, खोकी जस्ता लक्षण देखिएको थिएन । साथै नेपालमा अन्य संक्रमितहरुमा पनि लक्षण देखिएको छैन । साथै कोही पनि गम्भीर बिरामी समेत छैनन् ।
नेपालमा संक्रमितको संख्या १५ सय पुग्दा ८ जनाको मृत्यु भएको बाहेक लगभग बाँकीमा लक्षण नै नदेखिएको अवस्था छ । अर्थात् उनीहरुमा ’साइलेन्ट कोरोना’ भएको देखिन्छ ।

साइलेन्ट कोरोनाबारे गत मार्चमा नै विश्व स्वस्थ संगठनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । उसले यस्तो अवस्था अति दुर्लभ हुन सक्ने जनाएको थियो । तर केही दिनअगाडि अस्ट्रेलियन वैज्ञानिकहरुले ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित गरेको लेखमा एक क्रुज जहाजमा ८१ प्रतिशत संक्रमित यात्रीहरुमा लक्षणविहीन कोरोना अथवा साइलेन्ट कोरोना देखिएको उल्लेख गरेका छन् । यसको कारण के होला भनेर अहिले नै वैज्ञानिकहरुले ठोस उत्तर दिन नसकेरनसक्ने भए पनि यी व्यक्तिमा कोभिड १९ विरुद्ध रोग प्रतिरोधात्मक क्षमता हुन सक्नेमा केही वैज्ञानिकको मत भने पाइन्छ ।
सरुवा रोग बिशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,‘साइलेन्ट कोरोनाको कारण पत्ता लगाउन सके कोरोनाबाट हुने मृत्युको सम्भावनालाई रोक्न सकिने उपायसमेत पत्ता लगाउने सम्भावना रहन्छ । यो नेपालका लागि सुनौलो अवसर पनि हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस्