काठमाडौैैंमा चार जना स्वास्थ्यर्मीलाई कोरोना संक्रमण, भक्तपुरमा पनि भेटिए


Published On : 2 June, 2020

काठमाडौं, २० जेठ ।
काठमाडौंमा चार तथा भक्तपुरा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।


मंगलबार थपिएका संक्रमितमध्ये चार जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्।
महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्।
त्यस्तै भक्तपुरमा पनि एक जनामा संक्रमण देखिएको छ ।
मंगलबार गएको २४ घण्टामा २८८ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्