Logo
Logo

लकडाउनको बेलामा पनि कर्मचारीलाई घुसकै चिन्ता, दुई लाखसहित दुई कर्मचारी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ ।
देश कोरोना संकटसँग जुधिरहेको छ । केही कर्मचारीलाई भने घुसकै चिन्ता छ । ताप्लेजुङ, डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत जीवन कुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङ, ताप्लेजुङमा कार्यरत सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साह यही बेला दुई लाख घुससहित पक्राउ परेका छन् ।


जडिबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सहायक वन अधिकृत जीवन कुमार यादव र सहायक वन अधिकृत वीरेन्द्र प्रसाद साहलाई १/१ लाख गरी जम्मा दुई लाख घुससहित कार्यालयबाटै पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्