Logo
Logo

दरबारमार्ग क्षेत्रमा व्यवसाय सुचारुको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ ।
दरबारमार्ग क्षेत्रमा व्यवसाय सुचारु गर्ने तयारीमा व्यवसायी जुटेका छन् । पूर्ण रुपमा स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर पसल तथा अन्य व्यवसायहरु खोल्न लागिएको हो ।

बुधबार व्यवसायीहरुले व्यवसाय सुचारु गर्नेबारे छलफल भएको छ । सरसफाई गरेर स्वास्थ्य मापदण्डको अनुगमन समेत गरी व्यवसाय गर्ने सहमति भएको हो । केही व्यवसायीले आजैदेखि पसल खोल्ने बताएपनि सरकारले केही दिनमा यससम्बन्धि निर्णयको तयारी गरेकाले केही दिन पर्खिेने सहमति भएको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन मात्र लक्बाउँदै जाँदा व्यवसायीहरु धरासायी हुँदै गएका छन् । जसकारण जनस्तरबाटै लकडाउनको स्वरुप फेर्न दबाब बढीरहेको छ । देशका विभिन्न सहरमा पनि लकडाउनको अवज्ञा गर्दै व्यवसायहरु सुचारु गरिएको छ । यही बेला सरकारले जेठ २५ देखि कर तिर्न समेत ताकेता गरेपछि व्यवसायीहरु समस्यामा परेका हुन् ।

बुधबारदेखि देशका विभिन्न सहरमा लकडाउनको अवज्ञा गर्दै पसलहरु खुल्न थालेका छन् । उच्चस्तरीय समितिले पनि मोडालिटी हेरफेरका लागि तयारी गरिरहेको छ ।

भ्याक्सिन नबनेसम्म कोरोना संक्रमण कायमै रहने र भ्याक्सिन बन्न कम्तीमा ६ महिना लाग्ने वैज्ञानिकहरु बताएका छन् । जसकारण स्वाथ्य प्रोटोकल अपनाएर व्यवसाय सुचारु गर्नुको विकल्प नभएको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्