Logo
Logo

यूएईसँग नेपालको खराब सुरुवात, १६ रनमा दुवै ओपनर आउट


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ माघ ।
नेपाल र युएईबीचको पहिलो एकदिवसिय श्रृङखलामा नेपालले खराब सुरुवात गरेको छ । नेपालले १६ रन बनाउँदा दुवै ओपनर गुमाएको छ ।


टस हारेर ब्याटीङको निम्तो पाएको नेपालले बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लमार्फत ओपनिङ गराएको थियो । पहिलो ओभरको चौथो बलमा शून्य रनमै ज्ञानेन्द्र आउट हुन पुगे भने बिनोद बिनोद ६.१ ओभरमा पाँच रन बनाएर आउट भए । दुवै ओपनर यूएईका कप्तान मोहम्मद नाभीको सिकार भए ।
नेपालका तर्फबाट ओडिआईमा भिम सार्कीले डेब्यु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्