Logo
Logo

मेगा बैंकको बिशेष साधरणसभा, गण्डकी बैंकलाई गाभ्ने निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ जेठ
मेगा बैंक नेपालले विशेष साधारणसभाबाट गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गराएको छ। बुधबार काठमाडौंमा भएको विशेष साधारण सभाले मेगाले गण्डकीलाई बराबरी अनुपातमा गाभ्ने प्रस्ताव पारित गरेको हो।


मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) १ः१ रहेको छ । प्राप्ति पश्चात् मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले शाहले बताए ।

साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले प्राप्तिपछि बैंकको सञ्जाल ५८ वटा जिल्लामा फैलने जानकारी दिइन्।

२७ वटा बाणिज्ण बैंकमध्ये मेगा निक्षेपका आधारमा ११औं, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सिइओ खुञ्जेलीले जानकारी दिइन्।

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुने छ। निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने भएको छ। यसैगरी, ग्राहक संख्या करिब ११ लाख, शाखा संख्या २०६, एक्सटेन्शन काउन्टर ३०, एटीएम १४२ वटा हुने छ। यता प्राप्तिमा जान लागेको गण्डकीले पनि आजै साधारणसभा गरेर मेगामा गाभ्ने हुने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्