Logo
Logo

आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक


189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्दैछ । केन्द्रीय बैंकले मौद्रिक आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्न लागेको हो ।

केन्द्रीय बैंकले कुनै पनि त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न लागिएको हो । यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित केही विषयमा खुकुलो नीति लिने तयारी गरिएको छ ।

त्यस्तै निर्माण व्यवसायीले सावाँ ब्याज तिर्ने मितिमा लचकताको अपेक्षा गरेका छन् । मौद्रिक नीतिले दिएको निर्माण व्यवसायीको सावाँ ब्याज तिर्ने मिति मङ्सिर मसान्तसम्म सकिँदैछ । चेक बाउन्समा कालोसूचीमा नराख्नेगरी भएको व्यवस्था समेत सोही समयमा अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्