Logo
Logo

स्वास्थ्यकर्मीसहित थप २८ जना कोभिड बिरामी डिस्चार्ज


- दृष्टि न्युज/संवाददाता


विराटनगर, २२ जेठ ।
विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा रहेका थप २८ जना कोरोनामुक्त भएका छन्। योसँगै प्रदेश १ बाट कोरोनामुक्त हुनेको संख्या ७६ पुगेको छ। देशभरी तीन सय ६ जनाले कोरोना जितेको छन् ।


पछिल्ला दुई वटा कोभिड(१९ रिपोर्ट नेगेटिभ आएपछि २२ पुरुष र छ जना महिलालाई डिस्चार्ज गर्न लागिएको प्रदेश १ कोभिड(१९ सचिवालयका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । कोरोनामुक्त हुनेहरूमा झापाका सात, मोरङका छ, सुनसरीका चार, धनकुटाका चार, खोटाङका एक, सप्तरीका दुई र उदयपुर चारजना छन्। उनीहरू १६ देखि ४५ वर्ष उमेर समूहका हुन्।

कोभिड(१९ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारीमा रहेकाहरूमा धनकुटा जिल्ला अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मी छन्।

प्रतिक्रिया दिनुहोस्