Logo
Logo

बिज्ञापनमा प्रहरी बर्दीको दुरुपयोग, एआईजी नै स्कुटरको कम्पनीको प्रचारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
एक स्कुटर बिक्रिकर्ताले आफ्नो व्यापार बढाउन नेपाल प्रहरीको बर्दीको दुरुपयोग गरेको छ । नेपाल प्रहरीका एक एआईजी लगायत व्यक्तिको फोटो राखेर हिरो कम्पनीले बिज्ञापन गरेको छ ।


‘सुपरहिरोहरुलाई छुट’को नाका दिएर एआईजी शैलेश थापा क्षेत्री,चिकित्सक तथा मोडलको फोटो राखेर विज्ञापन गरिएको छ । जसमा एआईजी क्षेत्रीको बर्दी लगायतकै फोटो छ । यसरी प्रहरीले यसरी कुनै निजी कम्पनीको प्रचार गर्न पाइदैन । विराटनगरस्थित हिरो सोरुमले यस्तो विज्ञानपन गरेको हो । एआईजी क्षेत्रीको सहमति लिएर वा नलिई यस्तो विज्ञापन गरिएको प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्